Logo
Logo
आइसिसी विश्वकप लिग-२

नामिबियामाथि नेपालको रोमाञ्चक जित


819
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध जित निकालेको छ।

नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले । उनले ११२ बल खेलमा ४ छक्का र १० प्रहार गर्दै ११५ रनको योगदान दिए ।

कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन् । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् । यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए ।

यस्तै कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए । उनले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन जोडे । त्यस्तै ज्ञानेन्द्र मल्लले २५ रन जोडेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन बनाउँदै अल आउट भएको थियो ।

नेपालको लागि करण केसीले ५ विकेट लिए । सन्दीप लामिछाने ३ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्