Logo
Logo

विश्वकप लिग टु : नामिबियाविरुद्ध बलिङ गर्दै स्कटल्याण्ड


693
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नामिबिया र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सोमबार देखी सुरु भएको लिग टुको आजको शृखंलामा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।

३२ खेलबाट ४६ अंक रहेको स्कटल्याण्ड सात टोली सहभागी लिग टु मा शीर्ष स्थानमा छ र वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ ।

उता नामिबिया भने सोमबार घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो । ३१ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहनका लागि नामिबियालाई बाँकी खेलहरु महत्वपूर्ण छन् ।

अघिल्लो खेलमा नामिबिया नेपालसँग पराजित भएपछि स्कटल्याण्डलाई अब लिग टु को च्याम्पियन बन्न अब एक खेल जिते पनि पर्याप्त हुनेछ । आज नामिबियालाई हराएमा स्कटल्याण्डको ४८ अंक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्