Logo
Logo

टी-२० लिगमा फिक्सिङ प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन


441
Shares

काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङसम्बन्धी नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीले प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाएको छ । उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको एसपी सन्जयसिंह थापाले जनाएका छन् ।

नेपाली टी–२० लिग गत पुस ९–२७ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । सो प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्