Logo
Logo

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन सफल भएको हो ।

सिटी आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्न सफल भयो । सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे भने आर्सनलका बुकायो साकाले एक गोल फर्काएका थिए ।

 इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता दिएका थिए ।

४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउन पुगे ।  ८२औं मिनेटमा  केभिन डि ब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे । 

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ भने एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंकमा सिमित छ ।

प्रतिक्रिया दिनुहोस्