Logo
Logo
आईसीसी क्रिकेट विश्वकप लिग–२

स्कटल्यान्डद्वारा नेपालसामु २७५ रनको विशाल लक्ष्य प्रस्तुत


630
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पाएको स्कटल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको छ ।

स्कटल्यान्ड उत्कृष्ट पुनरागमनमा माइकल लिस्कको उत्कृष्ट सतकीय योगदान गरेका छन् । ७९ बलमा सतक बनाएका माइकल लिस्कले ८५ बल खेल्दै ९ छक्का र ३ चौकासहित १०७ रन बनाएर नटआउट खेलेका थिए ।

ज्याक जार्भिसले २६ रन बनाउँदा मार्क वाटले २० रन जोडेका थिए ।

ओपनर एवं कप्तान रिची बेरिंग्टन र थोमस म्याकिन्थोसले समान १९–१९ रन बनाउँदा अर्का ओपनर क्रिसटोफेर म्याकबड्री र ब्राण्डम म्याकुलमले समान २२–२२ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी १–१ विकेट हात पार्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्