Logo
Logo

खराब मौसमले अवतरण हुन नसक्दा भिस्तारा र इण्डिगो एयर दिल्ली फर्काइयो


1.4k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा र इण्डिगो एयरको जहाजलाई दिल्लीमै फर्काइएको छ ।

हल्का वर्षा र हावाहुरीका कारण कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य केही जहाजहरु नेपाली आकाशमा फन्को मारिरहेको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालय स्रोतका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरुसमेत अवतरण गर्न सकेका छैनन् । अहिले काठमाडौंलगायत देशका अधिकांश भागमा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ । प्रि–मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्