
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने भएका छन् ।
अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ शुक्रवार कतारको राजधानी दोहा जान लागेका हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।
मन्त्री श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने र सोही दिन उक्त सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।














