Logo
Logo

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने


2.4k
Shares

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाको आज बसेको केन्द्रिय समितिबैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमू राख्ने निर्णय गरेको हो ।

पुस १० गते नेकपा एमालेसहित सात दल सम्मिलित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी बनेको रास्वपा माघ २३ गते सरकारबाट बाहिरिसकेको छ । सरकारबाट बहिरिएपनि रास्वपाले समर्थन भने कायमै राखेको हो ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने पार्टीले कुनैपनि निर्णय नलिएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । आसन्न राष्ट्रपनि निर्वाचनको विषयमा कुरा नमिल्दा एमालेसहितको सात दलिय गठबन्धन फुटेको छ । हाल राष्ट्रपतिका लागि एमालले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र आठ दलिय गठबन्धनले नेपाली कांय्रेसका वरिष्ट नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिमा दुवै पक्षले मत मागेको र कुन पक्षलाई समर्थन गर्ने भन्ने बारे अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्