काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् । उनले ६० बलमा उनले ५ चौका प्रहार गर्दे अर्धसतक पुरा गरेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा एक सय चार रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले दुई विकेट गुमाएर एक सय छ रन बनाएर खेलिरहेको छ।
नेपालका आसिफ शेखले ४४ रन जोडेका छन् । ३९ बलमा पाँच चौका प्रहार गर्दै आसिफ रनआउन भएका छन् । त्यस्तै ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका छन् । अहिले कुशल र कप्तान रोहीत पौडेलले ब्याटिङ गरिरहेका छन् ।
यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन जोडेको छ ।











