काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएसफ)ले पल्सर स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट पुरुष तथा महिला मनोनयन सर्वाजनिक गरेको छ । एनएसजेएफले मंगलबार पत्रकार सम्मेलन गर्दै वर्ष उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन् । भलिबलकी उषा, क्रिकेटका कुशल भण्डारी र फुटबलका अञ्जन विष्ट पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।
वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन, र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।
वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यो पटकबाट वर्ष युवा खेलाडीले पनि पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पानउछेन ्।











