Logo
Logo

कांग्रेसले सातै प्रदेशमा अभिमुखीकरण भेला गर्ने


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा अभिमुखीकरण भेला गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्ध तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी सुरु गरेको हो ।

आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेका हुन ।

आज (बुधबार) सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरुको अभिमुखीकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइने गरी तयारी सुरु गरेको सह महामन्त्री बद्री पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्