काठमाडौँ । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदातालाई मत माग्दै लिखित पत्र पठाएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका कूल ८८२ मतदातालाई उनले पत्र पठाएका हुन । उनले मतदाताहरुलाई ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ पत्रमा बताएका छन् ।
यसअघि पार्टीले समेत सबै दलहरुलाई रामचन्द्रलाई मत माग्दै पत्र पठाइसकेको छ । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार बनाएको छ । एमालेले पनि यसअघि सांसदमा रहेको सबै दललाई मत माग्दै पत्र पठाइसकेके छ ।











