काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिनाचेक जाँच भारतीय तरकारी भित्राउने निर्णय सरकारले गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले बुधबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी भारतबाट आउने तरकारीमा विषादी परीक्षण रोक्ने निर्णय भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले भारतीय तरकारीमा विषादी जाँच अनिवार्य गर, भारतीय दलाल होसियार, किसान मार्न पाइदैन यस्तो निर्णय चाहिदैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोकेको उनीहरुको आरोप छ ।














