Logo
Logo

राष्ट्रपति निर्वाचनमा रामचन्द्रलाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


4.4k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिने भएको छ । बुधबार बसेको सचिवालयको ५१औं बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रपतिका लागि ८ दलका साझा उम्मेद्वार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको जानकारी दिए । साथै, त्यसबाहेक बैठकमा समसामयिक विषयमा विचार विमर्श र छलफल भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्