Logo
Logo

प्रदेश १ को नामाकरण पहिचानको आधारमा राख्न माग गर्दै प्रर्दशन


1.3k
Shares

विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गर्नुपर्ने माग गर्दै प्रदेशसभा अगाडि प्रर्दशन भएको छ ।

लिम्बुवान, किरात संयुक्त संर्घर्ष समितिले आज (बुधबार) दिउँसो प्रदेशको नामाकरण पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै देवकोटा चोकस्थित प्रदेशसभा भवनअगाडि प्रदर्शन गरेकाे हो ।

पहिचान पक्षधरहरूले प्लेकार्ड र ब्यानरसहित नामाकरण पहिचानको आधारमा हुनेपर्ने भन्दै प्रर्दशन गरिरहेका छन् । उनीहरूले पहिचानलाई बेवास्ता गरेर प्रदेशको नामाकरण गरेमा हिंसात्मक विद्रोह हुन सक्ने चेतावनी पनि दिए ।

अहिले प्रदशे सभामा प्रदेश नम्बर–१ को नाममाथिको छलफल चलिरहेको छ । प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किरात–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।

अब सभामा नाममाथिको छलफल सकिएपछि मत विभाजन हुनेछ । सभाको दुईतिहाइ बहुमतले पारित गरे प्रदेश–१ ले नाम पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्