कैलाली । कैलालीमा एउटै रुखमा महिला र पुरुष रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बुधबार बेलुका कैलारी गाउँपालिकाको हसुलियामा महिला र पुरुष एकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए ।
उनका अनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन । प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ । मृत फेला परेका महिला पुरुष प्रौढ उमेरका जस्ता देखिएको प्रहरीले जनाएको छ ।











