Logo
Logo

सरकारी कर्मचारीको खाजा समय आधा घण्टामात्रै


1.3k
Shares

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा खाजा खान आधा घण्टामात्रै समय तोकेको छ ।

सार्वजनिक विदा सम्बन्धि प्रस्तावमा कर्मचारीको खाजा सम्बन्धी व्यवस्था समेत थपेर मन्त्रीपरिषदबाट खाजा समय घटाएको हो । गत सोमबार बसेको मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा कर्मचारीको खाजा समय– दिउँसो १।३० देखि २ बजेसम्म उल्लेख गरिएको छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्