
धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताएका छन् ।
सिरहामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले राष्टपतिमा पौडेलको जित निश्चित भएको बताएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको उनले बताए । ‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने ।
आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आए भन्दै अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने नेता सिंहले बताए ।











