Logo
Logo

कोशी नामाकरणको विरोध गर्दै राजधानीमा प्रदर्शन


4.7k
Shares

काठमाडौं । प्रदेश १ को नामाकरणमा असहमति जनाउँदै लिम्बुवान किरात संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बुधबार प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी तय गरेपछि संघर्ष समितिले असहमति जनाउँदै राजधानीमा प्रदर्शन गरेको हो । संघीय राजधानीको माइतीघरमा जम्मा भएका लिम्बुवान किरात पक्षधरले पहिचानवादी आन्दोलनको अपमान भएको बताएका छन् । उनीहरुले, प्रदेशको नाम नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग राख्दै आएको छ । समितिले प्रदेश १ क्षेत्रमा समेत संघर्षका गविधि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्