काठमाडौं । नेकपा एमालेका राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उक्त कुरा एमालेका सचिव योगेश भट्टराईले बताएका हु्न् ।

एमाले सचिव भट्टराईले नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटमा प्रधानमन्त्री सकारात्मक रहेको बताए । उनले राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित भएकाले लोसपा समेत सकारात्मक रहेको बताए । राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने भट्टराईको भनाइ छ ।
‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो’ उनले भने, ‘संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ ।’
नेता भट्टराईले भने, ‘राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छाँै । यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’










