Logo
Logo

माओवादीको विज्ञप्तिप्रति उच्च अदालत बारको आपत्ति


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको छ ।

उच्च अदातल बारका सचिव रवीन्द्रकुमार ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको भन्दै भत्र्ससना गरेको हो ।

‘राज्य संचालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवं शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भत्र्ससना गर्दछौँ’ उच्च बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उच्च अदालत बारले विधिको शासन स्वतन्त्र न्यायापालिकाप्रतिको आस्थामा ह्रास हुने गरी आफ्नो निहित राजनीति अभिष्ट पूरा गर्ने उद्देश्यबाट ग्रसित भई न्याय सम्पादनमा संलग्न न्यायमूर्तिप्रति गैरजिममेवार अभिव्यक्ति नदिन समेत आग्रह गरेको छ ।

अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्चले दिएको आदेशप्रति महासचिव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्