Logo
Logo

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएका छैनौं : प्रधानमन्त्री


252
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको नाम त लिएनन् तर मुस्ताङको विषयमा चर्चा भइरहेको भन्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्न धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले थाहा पाएको बताए । उनले अघि भने, ‘नेपाल सरकारले कहींकतै स्वीकृति दिएको छैन ।’

हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्