Logo
Logo

समान अधिकार स्थापित गर्न आजको दिनले प्रेरणा प्रदान गरोस् : अध्यक्ष नेपाल


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले पनि महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेको बताएका छन् ।

१ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसा र सामाजिक कुरीतिहरुलाई हटाएर सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘अहिले पनि विभिन्न रूपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका छन् । चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसा र सामाजिक कुरीतिहरुलाई हटाएर सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु’, सन्देशमा अध्यक्ष नेपालले भनेका छन् ।

यस्तै, अध्यक्ष नेपालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरूको निर्णायक सहभागिता र र नेतृत्व रहिआएको बताए । ‘नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरूको निर्णायक सहभागिता र र नेतृत्व रहिआएको छ’, अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, ‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनुका साथै महिला सशक्तीकरणमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्