Logo
Logo

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक पक्राउ


3.3k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको हो । सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका गरेका थिए ।

प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन समेत गरिएको थियो । थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्