Logo
Logo

पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क बनाउँछौं : प्रधानमन्त्री


378
Shares

, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने बताएका छन् ।

११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गर्ने बताए ।

उनले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गर्ने बताए । उनले भने, ‘महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ ।’

पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताए । ।

उद्यमशीलता प्रवर्द्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने समते उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्