काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको तस्बिर भाइरल भएको छ ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलको कपडा सिउने पसलमा कैद गरिएको तस्बिर भाइरल भएको हो । तस्बिरमा सुचिकारले कपडाका लागि नाप लिइरहँदा ढाकाटोपीमा रहेका नेता पौडेल मुस्कुराइरहेका देखिन्छन् ।
उक्त तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘भोलिको तयारी’ भन्दै शेयर गरिरहेका छन् । निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिका लागि निर्वाचन गर्दैछ ।










