काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न विप्लव र प्रकाण्ड बुधबार साँझ बालुवाटार पुगेका हुन् । समसामयिक राजनीति, सर्वोच्चमा दर्ता मुद्दा र विप्लवका कार्यकर्ता र नेतामाथिको मुद्दाको विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए ।
द्वन्द्वकालीन विषयको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि पूर्वमाओवादी घटक नजिक बनेका छन् ।
आठ वटा माओवादी धारका पार्टीहरुले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दालाई संयुक्तरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेका छन् ।










