Logo
Logo

राष्ट्रपतिमा नेम्वाङ कि पौडेल रोज्ने ? निर्णय गर्दै रास्वपा


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)ले राष्ट्रपति निर्वाचनबारे आज विहान निर्णय गर्दैछ । रास्वपा राष्ट्रपतिका कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बसेको छैन ।

मतदानमा सहभागी हुने वा नहुने, भए कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे निर्वाचनकै दिन रास्वपाले निर्णय गर्न लागेको हो । बैठक बिहान ९ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबसेको राप्रपाले भने मतदानमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्