Logo
Logo

राष्ट्रपति निर्वाचनमा दुईथरी मतपत्र


1.3k
Shares

काठमाडौं । आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुने भएको छ । निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग-अलग मतपत्र उपलब्ध हुन लागेको हो ।

आयोगका सह सचिव तथा प्रवक्ता शालिकराम पौडेलका अनुसार रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइनेछ ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्