Logo
Logo

मतदानस्थलमा भोट माग्दै पौडेल, भन्छन्- सहमतिकै उमेदवार हुँ, मलाई राष्ट्राध्यक्ष देख्नुहुनेछ


1.2k
Shares

काठमाडौं । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क रहेको बताएका छन् । निर्वाचनस्थल संसद् भवन पुगेका पौडेलले संविधानको रक्षक भएर आफूले काम गर्ने प्रतिवद्धता समेत जनाए ।

‘संविधानको संरक्षक भएर भूमिका खेल्नेछु’, उनले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक पाउनुहुनेछ । म सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन ।’

पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै मतदान स्थल पुगेका थिए । पौडेलले मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन् ।

पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका हुन् ।

आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ । राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्