Logo
Logo

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि आकस्मिक अवतरण


5.7k
Shares

काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको छ । उनका अनुसार विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्