Logo
Logo

राष्ट्रपति निर्वाचनमा मतदान सुरू


1.3k
Shares

काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ । आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो ।

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसालेका छन् । राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । नेम्वाङ भने मतदान स्थल पुग्दैछन् ।

राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । अपराह्न ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ भने मतपरिणाम आजै सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्