Logo
Logo

देश र जनताका अगाडि चुनौती छ, सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्छ : नेम्वाङ


819
Shares

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् ।

राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ’, उनले भने । उनले चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्