Logo
Logo

राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद गोविन्द न्यौपाने घाइते


2.2k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।

मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन् । नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता समेत रहेका उनको टाउकोमा चोट लागेपछि अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्