Logo
Logo

राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन मिल्छ, कस्तो छ संवैधानिक व्यवस्था ?  


20.5k
Shares

रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित भइसकेका छन् । आज (बिहीबार) भएको निर्वाचनमा राष्ट्रपतिका अर्का उम्मेदवार पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति बनेका हुन् । 

राष्ट्रपति निर्वाचन सकिएसँगै उपराष्ट्रपति निर्वाचनबारे चर्चा हुन थालेको छ । उपराष्ट्रपतिका लागि आगामी चैत्र ३ गते निर्वाचन हुँदैछ । आठ दलीय सत्ता गठबन्धनको भागबन्डा अनुसार उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाएको छ । 

जसपाले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुषलाई बनाउन मिल्छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । 

कस्तो छ संवैधानिक व्यवस्था ? 
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिबारे उल्लेख गरिएको छ । उक्त धारामा फरकफरक लिंग वा समुदायको हुनुपर्ने छ । जसमा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरि गर्नुपर्नेछ ।’ 

फरकफरक समुदायलाई आधार मानेर जसपाले पुरुषलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । संविधानको सोही धारा अनुसार जसपाले पुरुषलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बुझिन्छ ।

यता, निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति दुवैमा पुरुष हुन नदिने बताउँदै आएको छ । राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष भए राष्ट्रपति महिला हुनुपर्ने आयोगको तर्क छ । फरक समुदायबाट पनि महिला नै ल्याउनुपर्ने निष्कर्ष आयोगको छ ।

प्रतिक्रिया दिनुहोस्