Logo
Logo

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् ।
बिहीबार राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग भने, ‘अबको ध्यान सरकारलाई पूर्णता दिनेमा हुनेछ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।’

उनले स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन बाँकी रहेको बताउँदै भने, ‘अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकारले पूर्णता पाउँछ ।’

बिहीबार भएको राष्ट्रपति निर्वाचन निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्