Logo
Logo

राष्ट्रपति रामचन्द्र पौडेल विविध कार्यक्रममा सरिक हुँदै


441
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विविध कार्यक्रममा सरिक हुने भएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलसँग आज बिहान ८ बजे बोहराटारमा सभामुख देवराज घिमिरेले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नवनिर्वाचित राष्ट्रपति पौडेले साढे ८ बजे गुह्यश्वरी दर्शनमा निस्कनेछन् भने लगत्तै बिहान ९ बजे पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।

यस्तै, आज बिहान ११ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्