Logo
Logo

चीनको पर्यटकीय गन्तव्य सूचीमा नेपाल पनि समावेश


2k
Shares

काठमाडौं । चीनले पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको छ।

यसअघि गत माघ दोश्रो सातातिर पहिलो चरणमा नेपाल समावेश नभएकोमा पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो ।

यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरिएको हो ।

शुक्रबार बेइजिङस्थित नेपाली दूतावासले पनि सूचीमा नेपालसहित २० मुलुक समेटिएको पुष्टि गरेको छ।

कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित पर्यटकीय एजेन्सीहरूले होटल, एयर टिकट लगायत व्यवस्थापन गर्नसक्ने सूचना जारी गरिएको माइक्रोब्लग वेइपोमा उल्लेख छ।

यसअघि प्रकाशित २० गन्तव्यमा दक्षिण एसियाका माल्दिभ्स र श्रीलंका मात्रै परेका थिए भने यसपटकको सूचीमा नेपाल मात्रै समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्