काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह निर्वाचित भएपछि नयाँ पार्टी ‘आम जनता पार्टी’ राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी , नागरिक उम्मुक्ति , जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।











