काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । उपराष्ट्रपतिबारे निर्णय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।

एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ । ‘हामीले उठायौं भने महिला उमेदवार उठाउँछौं’, ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।











