Logo
Logo

पदम गिरी एमाले संसदीय दलको प्रमुख सचेतक, सचेतकमा बर्तौला


1.1k
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् भने सचेतकमा महेश बर्तौला चयन भएका छन् । एमालेमा लामो समयदेखि प्रमुख सचेतक र सचेतक खाली थियो ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर–२ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्