Logo
Logo

कुर्सी ठूलो होइन, काम ठूलो हो : पर्यटनमन्त्री किराती


882
Shares

सर्लाही । ससंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।

फाइल तस्बिर

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’भन्ने मूल नाराका साथ आइतकार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’

उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्