
काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।
सोमबार बिहान कोटेश्वर पुगेर यादवले अध्यक्ष नेपालसँग भेट गरेका हुन् । भेटमा यादवले उपराष्ट्रपति निर्वाचनमा भोट मागेको जसपाका नेता प्रदीप यादवले बताए ।
भेटमा अध्यक्ष नेपालले भोट दिने र पुर्णरूपले सहयोग गर्नै प्रतिबद्धता जनाएको उनले बताए । उपराष्ट्रपतिमा जसपाबाट यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् । तर, प्रमिलाको उम्मेदवारी निष्क्रिय राख्ने जसपाको तयारी छ ।
सत्ता गठबन्धनबाटै जनमतका ममता झाको पनि उम्मेदवारी परेको छ । यता नेकपा एमालेबाट भने अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।











