Logo
Logo
उपराष्ट्रपति निर्वाचन

प्रमिला यादवद्धारा उम्मेदवारी फिर्ताको घोषणा


4.9k
Shares

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार जसपाका सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपाका सांसद रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचन हुँदैछ ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ । प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उनले रामसहाय यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन समेत सम्पूर्ण प्रदेश तथा संघका सांसदहरुलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्