Logo
Logo

गलत गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु सञ्चारमाध्यमको सकारात्मक पक्ष : मन्त्री शर्मा


441
Shares

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताएका छन् ।

नारी अनलाइन पत्रिकाको शुुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकृति र विसंगतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको बताए ।

साथै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुुपर्ने उनको भनाई थियो । उनले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताए ।

विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रुपमा लिनुुपर्ने बताए ।

पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुको विकल्प नरहेको उनले बताए ।

समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै मन्त्री शर्माले भने– ‘हिजो हामी जनयुुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपथ्र्यो, अहिले निकै माथिल्लो तहमा पुुगेका महिलाहरुमा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’

विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुुभयो– ‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरुको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्