काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले काठमाडौंको टंगालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा रहेका मूल्यवान कलाकृतिहरूको अवलोकन गरेका छन् ।

प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालबहादुर लामालगायत प्राज्ञहरूले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । उक्त संक्षिप्त भेटघाटमा प्रज्ञाप्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठलाई महत्वपूर्ण सुझावहरू दिएका थिए । ।
प्रदेशहरूमा एकएकवटा कलाहब बनाउने, प्रदेशहरूमा प्रदेश स्तरीय कला प्रदर्शनी गर्ने, अन्तर्राष्ट्रिय स्तरको कला समिट काठमाडौँमा गर्ने, बागमती प्रदेशलाई कला रिसर्च सेन्टरको रूपमा विकास गर्ने, ५० मठ, मन्दिर, चैत्य, गुम्बामा भक्तजनहरूले चढाएको भेटीको केही प्रतिशत कलाको उन्नयनका लागि लगानी गर्नुपर्ने जस्तो सुझावहरु दिएका छन् ।

त्यस्तै, ६० तीनै तहको सरकारले आफ्नो वार्षिक बजेटको कम्तिमा १ प्रतिशत कलाको सम्बर्द्धन र प्रबर्द्धनका लागि छुट्ट्याउनु पर्ने, ७० प्रदेशमा गठन गरिएका र गठन गरिने प्रज्ञाप्रतिष्ठानमा ललितकला विधाबाट समावेशी समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने आदि सुझाव दिए ।
मन्त्री श्रेष्ठले सुझाव कार्यान्वयन गर्न गराउन इमानदारीपूर्वक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।











