Logo
Logo

संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय


378
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै चैत १० गतेदेखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएकाे जानकारी दिएका हुन् ।

‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै परिषद बैठकले बैशाख र जेष्ठ महिनामा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्