Logo
Logo

अन्ततः विकास बैंकहरूले गरे ब्याजदर घटाउने निर्णय


693
Shares

काठमाडौं । अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्