Logo
Logo

सहकारीका क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ


1.1k
Shares

विराटनगर । सहकारी संचालन गरी रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका १४ घर भई विराटनगर महानगरपालिका ३ बस्ने संस्थाको सचिव सविना न्यौपाने र विराटनगर महानगरपालिका २ का संस्थाका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यो संस्था नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको थियो । संस्थाको मुख्य कार्यालय बिराटनगर २ मा रहेको छ । फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भन्दै सेयर सदस्यहरुले प्रहरीमा जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा मोरङ प्रहरीको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

संस्थाले विभिन्न बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको खुलेको छ ।

फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भएपछि फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भन्दै संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्