काठमाडौं । निर्वाचन अधिकृतको राजीनामा माग गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

मंगलबार क्याम्पसको मुल गेट र क्याम्पस परिसरमा विद्यार्थी संगठनहरु विभिन्न मागसहितको कालो ब्यानर राखेर विरोधमा उत्रिएका हुन् ।
अनेरास्ववियू, नेविसंघ, अखिल(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ लगायका विद्यार्थी संगठनले प्रशासन र निर्वाचन अधिकृतले अराजक शैली अपनाएको भन्दै संयुक्त रुपमा जनाएका छन् ।
उनीहरूले फर्जी तथा अवैधानिक मतदाता नामावली खारेज गर्नुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, मतदाता नामावलीउपर निष्पक्ष छानबिन गरी वास्तविक मतदाता सूची सार्वजनिक गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् ।











